अपडेट 
२०८० श्रावण १०, बुधबार ०७:१५

मधेश प्रदेश सरकारका वर्तमान मन्त्रीदेखि निवर्तमान मन्त्री र स्वतन्त्र गरी कुल ७ सय २७ जनालाई निर्वाचन आयोगले १५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको नामावलीमा मधेश प्रदेश सरकारका बहालवालादेखि निवर्तमान मन्त्रीसम्मसमेत १५ हजारको जरिवानामा परेका छन् । उनीहरुले सम्पन्न निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा नबुझाएका कारण उनीहरुलाई जरिवाना तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

जरिवाना तोकिएकोमा मधेश प्रदेश सरकारका वर्तमान भौतिक पूर्वाधार विकास मन्त्री कृष्णाप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह लगायत निवर्तमान अर्थमन्त्रीद्वय विजयकुमार यादव र शैलेन्द्रप्रसाद साह रहेका छन् ।

निर्वाचन आयोगले जारी गरेको नामावलीमा सप्तरीबाट तुलसी प्रसाद चौधरी (लोसपा), सकिल अलि मिया (जनमत) शैलेन्द्रप्रसाद साह (जसपा), गजेन्द्रकुमार मण्डल (लोसपा), नागेन्द्र पासवान (जनमत), केशव राज गुप्ता (जनमत) गरी ८३ जनालाई १५ हजार जरिवाना गरिएको छ ।

त्यस्तै,सिरहाबाट राजेन्द्र प्रसाद चौधरी थारु (नेकपा एमाले), सुनिलकुमार महतो (नेपाली कांग्रेस) राजकुमार गुप्ता (जसपा), विजयकुमार यादव (जसपा), रेणुकुमारी यादव (जसपा), प्रकाश महासेठ (नेकपा एमाले), सुरेशकुमार मण्डल (जसपा) ररामबाबु यादव (लोसपा) गरी ८१ जनालाई १५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

धनुषामा संजयकुमार सिंह (लोसपा), शैलेन्द्रकुमार यादव (जसपा), संजीवकुमार सुरज (नेकपा एमाले), श्यामकुमार यादव (माओ केन्द्र), ज्ञानेन्द्रकुमार यादव (जसपा), चन्देश्वर महतो (जसपा) र शत्रुधन महतो गरी ६४ जनालाई १५ हजार रुपैयाँ जरिवाना गरिएकोछ । जसपाबाट ज्ञानेन्द्र यादव लालबाबु राउत नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने चन्देश्वर महतो वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवका प्रमुख स्वकीय सचिव (पिए) छन् ।

त्यस्तै, महोत्तरीमा शारदा देवी थापा (नेकपा एमाले), राशलाल सिंह (जनमत), पिताम्बर महतो (लोसपा), सुरेशबहादुर राउत (नेकपा एस), राम श्रेष्ठ महतो (जसपा), संजयकुमार साह (जनमत), जयलुन राइन (लोसपा), धर्मेन्द्रकुमार साह तेली (जसपा), मंजुकुमारी यादव (नेकपा एस), नागेश्वर यादव (नेकां), रामदयाल मण्डल (नेकपा एमाले), रानीकुमारी तिवारी (लोसपा), कौशलकुमार यादव (लोसपा), सरोजकुमार सिंह (जसपा), लालेन्द्रकुमार मण्डल (माओ केन्द्र) १ सय ४० जनालाई जरिवाना तोकिएकोछ ।

त्यस्तै,सर्लाहीमा अमद मिया मुकेरी (जसपा), शान्तीकुमारी लामा (नेकपा एमाले), बेची लुङ्गेली (नेकपा एस), जंगीलाल राय (नेकां), किशुन देव राय (नेकपा एमाले), सुनिलकुमार शाह (माओ केन्द्र), कौशल किशोर राय (नेकां), अशोकुमार यादव (जसपा), गणेशप्रसाद प्रसाई (नेकपा एमाले), डिल्ली प्रसाद उप्रेती (नेकपा एस), हरेशप्रसाद महतो (नेकां), सत्रुधन साह सोनार (जनमत), संजयकुमार यादव (जसपा), वीरेन्द्र प्रसाद सिंह (नेकां), रामबाबु राय (नेकपा एमाले), उदयकान्त मिश्र (जसपा) र फकिरा महतो (माओ केन्द्र) गरी १ सय १३ जनालाई जरिवाना तोकिएकोछ ।

त्यस्तै, रौतहटमा नागेन्द्र साह (नेकां), कृष्णप्रसाद यादव (नेकां), दिनेशकुमार यादव (जनमत), शेख जमसैद (लोसपा), शेख अव्दुस सलाम (जनमत), सुरेन्द्र प्रसाद जयसवाल (माओ केन्द्र), नागेन्द्र राय यादव (नेकपा एस), सुनिलकुमार यादव (नेकां), धर्मेन्द्रकुमार गुप्ता (जनमत), बालकृष्ण श्रेष्ठ (नेकपा एस), रामप्रवेश राय यादव (जनमत), शेख अव्दुलकलाम अजाद (जसपा) र शेख सतार अहमद (नेकपा एस) गरी ९१ जनालाई जरिवाना गरिएको छ ।

बारा जिल्लामा निर्वाचन आयोगले नागेन्द्रप्रसाद कानु (नेकां), सीताराम प्रसाद नेपाली (जनमत), बतहुराय यादव (नेकपा एस), बलवीर प्रसाद चौधरी (नेकपा एमाले), मोतीलाल प्रसाद (लोसपा), गजानन्द प्रसाद यादव (जनमत), मदनप्रसाद साह (जनमत), भरतबहादुर खडका (जसपा) गरी ७७ र पर्सामा ७१ जनालाई १५ हजार रुपैयाँ जरिवाना तोकेकोछ ।

जरिवाना तोकिएका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने निर्णय पनि भएको छ । निर्वाचन खर्चको विवरण सात दिनभित्र सार्वजनिक गरी सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा सात दिनभित्र निवेदनसहित पेश गर्न पुनः आदेश दिने निर्णय पनि भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय पनि भएकोछ । निर्वाचन आयोगले मधेश प्रदेशमा ७ सय २७ जनालाई १५ हजारको दरले जरिवाना गर्दा १ करोड ९ लाख ५ हजार जरिवाना लिने भएको छ ।

Comment


Related News

Latest News

Trending News