अपडेट 
२०८० श्रावण १०, बुधबार १२:४३

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News