अपडेट 
२०८० श्रावण ११, बिहीबार १३:३५

प्रहरीले एकजना मिटरब्याजीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका–६ हतिसर्वाका इन्द्रजित साह रहेका छन् । उनी मिटरब्याजी रघुवीर साहका छोरासमेत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफलमा विवाद गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो । कार्यालयमा अनुचित लेनदेन कार्यदलले छलफल गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बाबुविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।

Comment


Related News

Latest News

Trending News