अपडेट 
२०८० श्रावण १२, शुक्रबार ०७:३३

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, अपराध, तस्करी, बेथितिमा संलग्न सबैलाई कानुनको दायरामा ल्याइने बताएका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिका– ३ को गौरीडाँडामा आयोजित शिक्षा सम्मेलन ०८० को उद्घाटन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सो कुरा बताउँदै सरकार देशमा सुशासन र समृद्धि स्थापना गर्ने अभियानबाटपछि नहट्ने दृढता व्यक्त गरे । सरकारले शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी जस्ता ठूला घटनाको स्वच्छ, स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनामा संलग्न र दोषी कोही कसैलाई पनि नछोड्ने उनले बताए । उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा गुणात्मक सुधार ल्याउन सके अर्थतन्त्र सुदृढ हुने चर्चा गर्दै सरकारले व्यावसायिक र रोजगार मूलक शिक्षामा जोड दिइरहेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News