अपडेट 
२०८० श्रावण १३, शनिबार ०८:५५

धनुषाको ढल्केवरमा राष्ट्रिय झण्डा राखिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको मुख्य प्रवेशद्वार ढल्केवरमा शुक्रबार स्थानीय क्लब तथा विभिन्न संघसंस्थाको सहयोगमा २५ वटा राष्ट्रिय झण्डा राखिएको छ ।

पूर्वपश्चिम राजमार्गसंग जोडिएको नेपालकै सबैभन्दा ठूलो महेन्द्र पार्कको तीन वटै कुनामा मिथिला उद्योग वाणिज्य संघ, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, मिथिला लायन्स क्लब र मिथिला व्याडमिन्टन क्लब ढल्केवरले उक्त झण्डा राखेको बताइएको छ । मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साहले राष्ट्रिय झण्डाको सम्मान तथा चोक सौन्दर्य देखिन झण्डा राखिएको बताए । उनले पार्कको सौन्दर्यकरण र चोकको फोहर व्यवस्थापनका लागि पनि स्थानीय क्लब तथा संघसंस्था मिलेर सहयोग गर्ने जानकारी दिए । प्रदेश सभासदस्य हरिनारायण महतो र मिथिला नगरपालिकाकी उपप्रमुख सुनितासिंह बुढाथोकीलगायतका अतिथिले संयुक्तरुपमा झण्डोत्तोलन गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News