अपडेट 
२०८० श्रावण १४, आईतवार ०७:१८

मधेश प्रदेशमा बढ्दै गएको खानेपानी तथा सिँचाइका समस्या समाधान गर्नकालागि उर्जा ,सिचाई तथा खानेपानी मन्त्रालयले विज्ञहरुसित छलफल गरेको छ ।

मन्त्रालयले सिँचाइ, हाइड्रोलोजिष्ट लगायतका विज्ञहरुसंग छलफलगरि समस्या समाधान गर्न रणनीति बनाएको छ । मधेश प्रदेशमा पानीको गंभीर समस्या देखिएको बताउँदै उर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले सुख्खाग्रस्त क्षेत्र घोषणा नहुँदा काम गर्न कठिनाई भइरहेको बताए । ‘जिल्ला दैवी प्रकोप उद्धार समितिले संकटग्रस्त क्षेत्र घोषणा गरेको छैन्’ उनले भने, सरकारले बजेट चलाउने अख्तियारी दिएको छैन् ।सिंचाईको मात्र नभै पिउने पानीको समेत संकट देखिकाले बैकल्पिक उपायहरु अपनाउ सरकारले काम थालिसकेको बताए । सिँचाइ विज्ञ रत्नेश्वर लाल कर्ण, हाइड्रोजियोलोजिष्ट विज्ञ बैद्यनाथ चौरसिया, विज्ञ डा.कृष्णचन्द्र साह लगायतले छलफलमा मन्त्रालयलाई सुझाव दिएको उर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयका निमित प्रदेशसचिव अरुणलाल कर्णले जनाएका छन् । संघीय खानेपानी मन्त्रालयले आईतवार प्रदेशका मन्त्री र सचिवहरुसित छलफलगरि समाधानका उपायहरु निकाल्ने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News