अपडेट 
२०८० श्रावण १४, आईतवार ०७:२२

सर्लाहीको गोडैता बजारमा शनिबार दिउँसो दुई पक्षबीच झड्प भएपछि प्रहरीले दर्जनौ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

दुई समुदायबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले अश्रुग्यास र सामान्य बल प्रयोग गरी भीडलाई तितरवितर पार्ने प्रयास गरेको थियो । मुस्लिम समुदायले मोहरम मनाइरहेका बेला अर्को समूह अगाडि बढ्न खोजेपछि झड्प भएको थियो । प्रहरीमाथिसमेत ढुंगामुढा र सिसाको बोतल प्रहार गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि अश्रुग्यास प्रहार गर्दै सामान्य बल प्रयोग गरेका थिए । स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जनाएका छन् । दिनभर तनावको स्थिति रहेपनि साँझतिर स्थिति सामान्य भएको एसपी सुवेदीले बताए । गोडैतामा केही समयदेखि दुई समुदायबीच विवाद भइरहेको थियो । मोहरम पर्वमा विवाद उत्पन्न हुने आंकलन गरेका स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

Comment


Related News

Latest News

Trending News