अपडेट 
२०८० श्रावण १४, आईतवार ०८:५१

जनकपुरधामको महावीर युवा कमिटीको अध्यक्षमा अजयकुमार गुप्ता निर्वाचित भएका छन् । उनी २५९ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्दी दीपनारायण साहले मात्र ९५ मत ल्याएका थिए ।

त्यस्तै,महासचिवमा चन्दन नागबंशी १३९ मत ल्याइ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी भरतकुमार साह १२७, सन्तोषकुमार साह ५९ र दीपक यादवले २८ मत प्राप्त गरेका थिए । त्यस्तै, सह सचिवमा आशुतोषकुमार साह (छोटु) २२४ मत ल्याइ बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी आनन्द प्रसाद साह १३२ मत प्राप्त गरेका छन् । यसैगरी, कोषाध्यक्षमा चन्दन राज शर्मा १८८ मत ल्याई विजयी भएका छन् भने विक्रमकुमार साह १३३ र बजरंग साह (लहेरी) ३६ मत ल्याएका निर्वाचन अधिकृत राकेश विक्रम साहले जानकारी दिए । यस अघि उपाध्यक्षमा सरोजकुमार चौधरी निर्विरोध निर्वाचित भएका थिए भने कार्यकारिणी सदस्यहरुमा देवेन्द्रकुमार साह, शशिकुमार साह, अजयकुमार साह, दीपककुमार साह, सन्तोषकुमार शर्मा र अभिषेक राय निर्विरोध निर्वाचित भएका थिए ।

Comment


Related News

Latest News

Trending News