अपडेट 
२०८० श्रावण १४, आईतवार १२:४३

नेपाली बजारमा आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो कारोबारको तुलनामा आज तोलामा ३०० रुपैयाँ बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ १ हजार ४५० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News