अपडेट 
२०८० श्रावण १७, बुधबार ०७:३०

पराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली समाजको सहिष्णुता र आपसी सद् भाव विश्वमै उत्कृष्ट रहेको बताएका छन् ।

महोत्तरीको मटिहानीमा मंगलबार आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्वोधन गर्दै उपराष्ट्रपति यादवले फरक–फरक जाति, धर्म र भाषा समुदायका नेपालीको आपसी मेल र एकअर्काप्रतिको सद्भाव विश्वमै उदाहरणीय रहेको बताए । ‘हमरासभक समाज सहिष्णु आ एकदोसरक आस्थाप्रति सद् भाव रखैत अछि’, (हाम्रो समाज सहिष्णु र एकअर्काको आस्थाप्रति सद्भाव राख्दछ) मैथिलीमा सम्वोधन गरेका उपराष्ट्रपति यादवले भने–‘दुनियाँक लेल यी हमर परिचय आ सिख सेहो अछि’ (दुनियाँका लागि यो हाम्रो परिचय र सिक्ने सिकाउने कुरा पनि हो) । उनले हिन्दू परम्पराका सन्त तस्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पीरबाबाको परिकल्पना र मेहनतले आधुनिक मटिहानीको जग बसेको र हिन्दू÷इस्लाम एकापसमा मिलेर बसेका दृष्टान्त पनि यहाँ (मटिहानीमा) देखिएको उपराष्ट्रपति यादवले उल्लेख गरे ।

समारोहमा मटिहानी नगरबासीका तर्फबाट नगरप्रमुख हरिप्रसाद मण्डलले प्रदान गरेका अभिनन्दनपत्र ग्रहण गर्दै उपराष्ट्रपति यादवले मधेश प्रदेशका प्राचीन मिथिला क्षेत्रका धार्मिक महत्वका स्थललाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । तीनै तहका सरकारबीचको आपसी समन्वयबाट धार्मिक पर्यटन प्रवद्र्धनका काम अघि बढ्न सक्ने उनले बताए ।

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्र मिश्र, मुख्यमन्त्री सरोजकुमार यादवसहित मन्त्रिपरिषद्का सदस्यको उपस्थिति रहेको समारोहमा उपराष्ट्रपति यादवले मधेशभरि नै पानी नपरेर खेतीपातीमात्र नभई खानेपानीकै हाहाकार पर्दै गएको समस्या सम्बोधन गर्न अनुरोध गरे ।

समारोहमा मुख्यमन्त्री सरोजकुमार यादवले अहिले मधेश प्रदेश सरकार सिँचाइ र खानेपानीको समुचित प्रबन्धसँगै पशुबस्तुमा बढ्दै गएको लम्पी स्किन रोगको पूर्वउपचार कार्यमा तदारुखतासाथ लागेको बताए । मटिहानीवासीले उपराष्ट्रपति यादवलाई नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन, मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको स्थापना गर्न र मधेश आन्दोलनलाई उत्कर्षमा पुर्याउन दिएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको अभिनन्दनपत्रमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News