अपडेट 
२०८० श्रावण १७, बुधबार ०७:५३

धनुषाको मिथिला नगरपालिका स्थित न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग स्कूलमा एक ६ वर्षीय बालक निर्घात कुटिएका छन् ।

धनुषाको मिथिला नगरपालिका बेङ्गाडाबरस्थित स्कूलमा बालकले चकचक गरेको भन्दै स्कूलका शिक्षकले कुटपिट गरेका छन् । शिक्षकको कुटाइबाट बालकको पिठ्यू, हात तथा घाँटीमा चोट लागेको छ ।

मिथिला नगरपालिका ढल्केवर बजार स्थायी घर भइ न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग स्कूलको कक्षा १ मा पढ्दै गरेका सुजल कुशवाहालाई शिक्षकले निर्घात कुटपिट गरेका छन् । सोमबार विहान करीब ९ बजेको समयमा स्कूलमा बच्चाहरुले चकचक गरेको भन्दै शिक्षक मोहन महतोले निर्घात कुटेको अभिभावक ओम विक्रम कुशवाहाले जानकारी दिए । अभिभावक कुशवाहाले भने,‘अझै चकचक गर्छस, किन चकचक गरेको, अझै बदमासी गर्छस । बदमासी गरिस भने यसरी नै पिटाइ खान्छस’ भन्दै शिक्षक महतोले लाठीले हिर्काएका थिए । यसरी कलिला बालबालिकाहरुलाई हिर्काउनु शैक्षिक मर्यादा विपरीत भएको कुशवाहाको भनाइ छ । ‘यसरी स–साना अवोध बालकहरूलाई मरनासन्न हुने गरी कुट्ने हो, यति सानो बच्चालाई यसरी कुट्यो भने अर्को दिन स्कूल कसरी पठाउनु’ कुशवाहाले ६ वर्षीय अवोध बालक कुट्नेलाई कारबाहीको माग गर्दै भने, ‘स्कूलमा बच्चाले चकचक गर्यो भन्दै कुट्न पाइन्छ ? स्कूलमा हामी बच्चालाई केही सिक्न पठाउँछौ अनि हाम्रो बच्चालाई यसरी पिटेर पठाउने कहाँको न्याय हो?

Comment


Related News

Latest News

Trending News