अपडेट 
२०८० श्रावण १७, बुधबार ०७:५६

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरमा अवैध संरचना हटाउने अभियान मंगलबारदेखि सुरु गरिएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने नगरपालिकाको अभियान अन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरिएको मेयर सुखदेव यादवले बताए । उनले नगरवासीले फुटपाथ हटाउने अभियानलाई साथ र सहयोग गरेर व्यवस्थित शहर बनाउने अभियानमा प्रेरणा थप्ने विश्वास व्यक्त गरे। नगरपालिकाले १५ दिने सूचना जारी गरेकोमा व्यापारीले अटेर गरेपछि बल प्रयोग गरेर संरचना हटाउन थालिएको छ । नगरपालिकाले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

सार्वजनिक सूचना जारी र पटक/पटक माइकिङ गर्दा पनि व्यापारीले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको नगरपालिकाको दाबी छ। अभियान अन्तर्गत छ लेन सडकको फुटपाथमा पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ । अभियानलाई हरेक दिन सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News