अपडेट 
२०८० श्रावण २०, शनिबार ०८:५०

श्रावण महिनाको आगमनसंगै धार्मिक पर्यटन तीव्र भएको छ । पञ्चदेवोपाशकहरुको बाहुल्यता रहेको मिथिलाञ्चलवासीमा महादेवप्रति गजबको आस्था छ । श्रद्धालुहरु नेपाल र भारतका शिवालयहरु चहार्दै छन् । कावरिया बनेर पवित्र जलाशयबाट जल संकलन गरी भगवान शिवलाई जलाभिषेक गर्दैछन् । गाउँ– नगर–डगर बोलबमको उद्घोष यत्रतत्र हुँदैछ । श्रद्धालुको जमघट नेपालको पशुपतिनाथ, जलेश्वरनाथ, क्षीरेश्वरनाथ, टुटेश्वरनाथ लगायतका शिवालयहरुमा पनि छन् र भारत झारखण्डको देवघर स्थित बाबाधाममा पनि छन् ।

भगवान शिवप्रतिको आस्था दुबै तिर छ । फरक के मात्र छ भने – झारखण्ड सरकारले बुद्धि विवेकको प्रयोग गरेर बाबाधामलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास ग¥यो । पर्यटन उद्योगको रुपमा अघि बढायो र हाम्रो सरकार टुलुटुलु हेरिमात्र रह्यो । श्रावणमा मात्र होइन, जनकपुर, धनुषाधाम, सतोषर, जलेश्वर आदि पवित्र स्थानहरुमा वर्ष भरि देशी विदेशी पर्यटकको ओइरो लाग्छ । तर हामीले धार्मिक पर्यटनलाई उद्योगको स्वरुप दिन सकेनौं । परिणाम हाम्रो सामु छ – सुल्तानगञ्जदेखि देवघरसम्मका व्यावसायी तथा पण्डा–पुरोहितहरु एक महिनाको आम्दानीले वर्षभरि खान्छन् । हामी धार्मिक पर्यटकहरुले विसर्जन गरेका फोहर सोहार्दै वर्ष विताउँछौं । देवघर(बाबाधाम)दर्शन गर्न जाने श्रद्धालुले कांवर बनाउनुपर्छ । नयाँ लुगा किन्नुपर्छ । झण्डै चार दिन पैदल हिड्नुपर्छ । बाटोमा राति विश्राम गर्नुपर्छ । खानुपर्छ । अनि देवघर पुगेर शिव दर्शन पश्चात् अनिवार्य रुपमा पेंडा,च्युरा आदि प्रसाद लिनुपर्छ ।

यसका अतिरिक्त घरायसी सर सामान पनि खरिद गर्नुपर्छ । यसरी एक साताको धार्मिक पर्यटनमा एउटा नेपालीले कम्तीमा पनि १० हजार खर्चिनुपर्दछ । यता हाम्रो तिर पन्द्रह दिने परिक्रमा हुन्छ । जसमा देश विदेशका लाखौं श्रद्धालु सहभागी हुन्छन् । परिक्रमावासीलाई हामी निःशुल्क आवास उपलब्ध गराउँछौं । गाउँलेहरु चामल, दाल, तरकारी उपलब्ध गराउँछन् । पन्द्रह दिने परिक्रमामा सकेपछि सबै परिक्रमावासी आ– आफ्ना घर फर्किन्छन् । बाँकी हुन्छ परिक्रमावासीले विसर्जन गरेको फोहोर मात्र । धेरै पहिलेदेखि मेरो मनमा एउटा जिज्ञासा छ – देवघरको बाबाधाम धार्मिक पर्यटन हो भने जनकपुरको परिक्रमा,विवाहपञ्चमी वा पूर्णिमा र अमावश्या पनि धार्मिक पर्यटन नै हो अनि सातदिनको धार्मिक यात्रामा बाबाधाम जाँदा १० हजार खर्चिनुपर्ने र पन्द्रह दिनको मध्यमा परिक्रमाका सहभागीहरुले फोहोर मात्र छाडेर जाने ? मलाई लाग्छ हामीले धार्मिक पर्यटनलाई आस्थासंग मात्र जोड् यौं । दुनियाका पर्यटन उद्योगहरु मध्ये धार्मिक पर्यटन उद्योग पनि एक हो भन्ने बुझ्नै सकेनौं । उता झारखण्ड सरकारले धार्मिक पर्यटनलाई उद्योगको रुपमा विकास ग¥यो ।

पर्यटकहरुलाई भौतिक सुविधा उपलब्ध गराएर खर्च गर्न बाध्यबनायो । पेंडालाई ब्राण्डको रुपमा स्थापित ग¥यो । तर दुर्भाग्य, सीता जन्मस्थली जनकपुरधामले आजसम्म आफ् नो ब्राण्ड सम्म बनाउन सकेको छैन । ल, भन्नुहोस– देवघर दर्शन गर्न जानेहरु अनिवार्यरुपमा पेंडा लिएर घर फर्किन्छन् । जनकपुर भ्रमण गर्न आउँने पर्यटक आफूसंग के लिएर फर्किने हो ? पर्यटन भनेको व्यापार,मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रा हो । धार्मिक आस्था राखेर गरिने धार्मिक स्थलहरुको यात्रा धार्मिक पर्यटन भयो । विश्व पर्यटन संगठनले सामान्य प्रवृती बाहिर,चौबिस घन्टा भन्दा बढी तर एक क्रमागत वर्ष भन्दा कम समय, मनोरञ्जन,व्यापार र त्यस ठाउँमा आय श्रोत हुने क्रियाकलाप बाहेक अरु उद्देश्यका लागि यात्रा गरी बस्नेलाई पर्यटक मानेको छ । यस प्रकार चाहे धार्मिक आस्थाको हिसावले होस वा प्राकृतिक किंवा कौतुहलपूर्ण स्थानको यात्रा । सबै पर्यटन अन्तर्गत आउँछ । जनकपुरमा आयोजित हुने विवाहपञ्चमी,रामनवमी मेला होस् कि पूर्णिमा, अमावश्या जस्ता मासिक आयोजन । पर्यटकको ओइरो लाग्छ । फरक के मात्र छ भन्ने हामीले धार्मिक पर्यटनलाई उद्योगको स्वरुप दिन सकेका छैनौं । सरोकारबाला निकाय मौन छन् ।

Comment


Related News

Latest News

Trending News