अपडेट 
२०८० श्रावण २२, सोमबार ०७:४४

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बुधबार जनकपुरधाम आउन लागेका छन् ।

कांग्रेसका सभापति देउवाले नेपाल महिला संघको राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्तरीको बर्दिबासमा आयो जना हुन लागेको प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि उनी बिहान विमानले जनकपुरधाम आउने भएका छन् । नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झाका अनुसार सभापति देउवाले जानकी मन्दिरमा दर्शनपूजा गरी बर्दिबास जाने कार्यक्रम रहेको छ । नेपाल महिला संघले राष्ट्रिय प्रशिक्षण कार्यक्रम बर्दिबासमा राखेकाले त्यहाँ उद्घाटन गर्न देउवा जाने छन् । उनी बुधबार नै काठमाण्डु फर्किने कार्यक्रम रहेको झाले बताए ।

मधेश प्रदेशको केही जिल्लामा रिक्त रहेको महिला संघका अध्यक्ष हालै चयन गरिएको छ । कांग्रेसको भातृ संगठन रहेको महिला संघ केही समयदेखि शिथिल भएको छ । महिला संघको प्रशिक्षणका अतिरि क्तको कार्यक्रमका लागि कांग्रेसका ने ता विमलेन्द्र निधि सोमबार आउन लागे का छन् । उनले थप कार्यक्रमहरुको व्यवस्थापन गर्ने बताइएको छ । सभापति देउवाकी पत्नी डा.आरजु देउवा यसै महिनाको प्रारम्भमा जनकपुर धाम आएकी थिइन् । कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको बेला डा.राणा जनकपुरधाममा प्रदेश र संघीय सर कारसितको समन्वयमा कार्यक्रम गरेकी थिइन् ।

Comment


Related News

Latest News

Trending News