अपडेट 
२०८० श्रावण २२, सोमबार ०८:१८

बर्दिबासलगायत महोत्तरीको उत्तरी भेगमा आँखा पाक्ने रोग सामुदायिक स्तरमा फै लिएको छ । यसको सङ्क्रमणबाट सबै उमेर समूह प्रभावित देखिए पनि बालबालिका सबैभन्दा बढी सङ् क्रमित भएको स्वास्थ्यकर्मीले जनाएका छन्।

उपचारमा आउने आँखा रोगीको संसर्गमा आएका ३ स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएको बर्दिबास अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णा अमात्यले बताएका छन् । अस्पतालका डा.उदय दिवाकरका अनुसार आँखा चिलाउने, आँसु बग्ने, रातो हुने, कचेरा आउने, हेर्न असहज हुने, आँखा पोल्ने, सुन्निने जस्ता लक्षणहरू भएको समस्या लिएर बर्दिबास अस्पतालमा दैनिक ४५ जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । यस्ता बिरामीको संख्या दिनहुँ बढ्दै गएको डा.दिवाकर बताएका छन्। आँखा पाक्ने रोगबाट निजी अस्पतालहरू पनि भरिभराउ छन् ।

बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालका निरीक्षक दीपेन्द्र ढकालले उक्त अस्पतालमा दैनिक ४० देखि ५० जनासम्म आँखा पाके का बिरामी आउने गरेको बताए । अस्पतालका नेत्र विशेषज्ञ आमोद अधिकारीका अनुसार ‘ एडिनो भाइरसका कारण फैलिने यो ‘एडिनो कन्जन्टिभाइटिस’ सङ् क्रमण एक व्यक्तिबाट अर्काेमा सजिलै सर्ने हुँदा यसको प्रकोप बढ्दै गएको छ । आँखा पाकेको व्यक्तिले भिडभाडमा नजाने, त्यस्ता बालबालिकालाई विद्यालय नपठाउने, घाममा नहिँड्ने, कालो चस्मा लगाउने, धुलो धुवाँबाट बच्ने, स्वस्थ व्यक्तिसँग संसर्ग नगर्ने जस्ता सम्मयता अपनाए सङ्क्रमणको गति कम हुँदै जाने उनको भनाइ छ । ‘राम्रोसँग हेरविचार पु¥याए साता दिनभित्र आँखा पाक्ने समस्या आफै पनि ठिक हुनसक्छ,’ अधिकारीले भने ।

बर्दिबास बाहेक सोनमा, रामगोपालपुरलगायतका ठाउँमा पनि आँखा पाक्ने प्रकोप दे खिएको स्वास्थ्य कार्यालय प्रमुख भोला यादवले बताए । उनका अनुसार सोनमा गाउँपालिकामा ५ वर्ष मुनिका २५ प्रतिशत बालबालिकामा यसको सङ्क्रमण देखिएको छ । मधेश प्रदेश स्वास्थ्य निर्दे शनालयका निर्देशक डा.राजीव झाले आँखा पाक्ने रोग कहाँ कुन अवस्थामा फैलिएको विवरण सङ्कलन भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News