अपडेट 
२०८० श्रावण २२, सोमबार १३:१९

ललिता निवास प्रकरणमा संलग्न रहेको आरोप लागेका चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

काठमाण्डाै जिल्ला अदालतले पूर्व उपप्रधान मन्त्री विजयकुमार गच्छदार र पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पक्राउ गर्न अनुमति दिएको हो ।

हिजो सर्वोच्च अदालतले ललिता निवास प्रकरणका मुख्य निर्णयकर्ता समेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो । आदेश आएकै दिन जिल्ला अदालतले पनि चार पूर्व मन्त्रीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

सर्वोच्चको आदेशसँगै यो प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन्।

यस्तै, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमलगायत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त समेत रहेका दीप बस्न्यात भने फरार छन् । १ सय १२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News