अपडेट 
२०८० श्रावण २२, सोमबार १३:२३

सङ्घीय संसद्का संयुक्त र विषयगत समितिको भागबन्डा मिलेको छ ।

नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागबन्डा मिलाएको हो । काँग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, जसपा, एकीकृत समाजवादी र जनमत एक–एक समितिको सभापति दिने गरी भागबन्डा मिलेको हो ।

संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौँ दल राप्रपालाई भने समिति सभापति छैन । संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौँ दल राप्रपालाई भने समिति सभापति छैन ।

सहमति अनुसार लेखा समिति, महिला समिति र राज्यका निर्देशक सिद्धान्त समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाउने छ ।अर्थ, कृषि, संसदीय सुनुवाइ र राज्य व्यवस्था समिति नेपाली काँग्रेसले पाउने सहमति छ ।

यसै गरी कानुन र विकास समिति माओवादी केन्द्रले, अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाले, उद्योग समिति जनमतले र शिक्षा समितिको सभापति एकीकृत समाजवादीले पाउने छन् ।अन्तर्राष्ट्रिय सम्बन्ध समिति माओवादी र कानुन समिति जसपाले लिने सम्बन्धमा छलफल चलिरहेको छ ।

Comment


Related News

Latest News

Trending News