अपडेट 
२०८० श्रावण २३, मंगलवार ०७:४५

रामजानकी ट्रेडर्सले सुजुकीको जिम्नी र फ्रोन्क्स नामक चारपांग्रे गाडी जनकपुरधामको बजारमा ल्याएको छ ।

रामजानकी ट्रेडर्सले एक कार्यक्रमको आयोजना गरी जनकपुरधाम बजारमा सुजुकीको यी दुई चार पांग्रे गाडीको लञ्च गरेको छ । सुजुकीको जिम्नी अन्तर्राष्ट्रिय बजारमा प्रतिक्षित र फ्रोन्क्स नयाँ जेनरेशनको गाडी रहेको रामजानकी ट्रेडर्सका संचालक प्रमोद साहले जनाएका छन् । जिम्नी गाडीलाई हेभी ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित, पर्याप्त बडी एंगल र ग्रउण्ड क्लियरेन्सलगायतका फिचरले आकर्षक बनाएको संचालक साहले बताएका छन् । त्यस्तै,फ्रोन्क्सको आकर्षक लुक स्पोर्टी मोडेलका कारण युवाहरुलाई अकार्षित गर्ने जनाएको छ ।

सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रामजानकी ट्रेडर्सलगायतका व्यवसायिक प्रतिष्ठानको कारोबारले जनकपुरधामको बजार व्यवसाय तथा आर्थिक स्थितिको विकासमा मद्दत पुग्नेमा जोड दिए । सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिसरमण साह, उपाध्यक्ष अम्बुप्रसाद साह, जनकपुरधाम वडा नम्बर– ३ का वडाध्यक्ष दीपेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News