अपडेट 
२०८० श्रावण २५, बिहीबार ०९:१४

रौतहटको गौर हत्याकाण्डको यथार्थ जानकारी गराउने उद्देश्यले गठन गरिएको सर्वदलीय सर्वपक्षीय संघर्ष समिति रौतहटका सदस्यहरुसमेत सञ्चारकर्मी माथि रौतहट जिल्ला अदालत गौरमा मुद्दा दायर भएको छ ।

आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले मोर्चाको सदस्यसहित ९ जना माथि साउन १९ गतेमा गाली बेइज्जति मुद्दा दर्ता गराएका छन् । अध्यक्ष साहले आफ्नो हकमा वारेस ठगा दासमार्फत मुद्दा दर्ता गराएका छन् । गौर हत्याकाण्डका योजनाकार प्रभु साह रहेको भन्दै भएको विभिन्न हत्याकाण्डको छानबिन गरी कÞानुनी कारबाही गर्नुपर्ने माग राख्दै गठन भएका ६ दलीय मोर्चाले साउन ९ गते गरेको रैलीको समापन कार्यक्रममा सम्वोधन गरेका नेता तथा समाचार प्रसारण गरेका मिडिया,समाचार वाचक,सम्वाददाता समेत माथि मुद्दा दर्ता गराइएको छ ।

पूर्व प्रदेश सभा सदस्य राम किशोर प्रसाद यादव , नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेश सांसद जीतेन्द्र यादव , पूर्व राज्यमन्त्री योगेन्द्र यादव , जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी यादव , रामेश्वर प्रसाद यादव , नेकपा एकीकृत समाजवादीका वृज किशोर यादव , एक निजी टेलिभिजनका प्रस्तोता साजन यादव र सम्वाददाता नेवालाल यादवलाई विपक्षी बनाइएको छ । फिराद पत्रमा विपक्षीहरुले बिना आधार प्रमाण आरोप लगाइ चरित्र हत्या गर्नुको साथै मान मर्यादा माथि प्रहार गरेकोले हदैसम्म कÞानुनी कारबाही गरी मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१)(२)(क) बमोजिम सजाय गरी क्षतिपूर्तिसमेत दिलाई पाउन दाबी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News