अपडेट 
२०८० श्रावण २६, शुक्रबार ०७:४५

नेपाल सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच ५ बुँदे सहमति भएपछि गौर राइस मिलको मैदानमा भएको घटनाको मुद्दा चल्ने कि नचल्ने भनी चर्चाको विषय बनेको छ ।

साउन १४ गते देखि गौर हत्याकाण्डको दोषी माथि कÞानुनी कारबाहीको माग गर्दै रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा धर्ना सुरू गरेपछि नेपाल सरकारले साउन २३ गते संघर्ष समितिसंग गरेको वार्तामा दोषी माथि कÞानुनी कारबाही गर्ने प्रतिवद्धता जनाएपछि राजनीतिक मुद्दाको रुपमा रहेको गौर घटना पुनः एक पटक तरंगित भएको छ । तत्कलीन नेकपा माओवादी र मधेशी जनअधिकार फोरम नेपालको कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको घटनालाई नेकपा माओवादीले नरसंहारको संज्ञा दिएका छन् भने फोरम कार्यकर्ताले पहिलादेखि आयोजना गर्ने तयारी गरिएको आम सभालाई विथोल्न आएपछि प्रतिकार गर्दा दुःखद घटना भएको जिकिर गर्दै आएका छन् ।

२०६३ साल चैत्र ७ गते फोरमले निर्धारण गरेको कार्यक्रमपछि माओवादी कार्यकर्ताले बलपूर्वक स्थानीय प्रसाशनको कुरा नमानेर सोही ठाउँमा आमसभा आयोजना गरेको कारण दोहोरो झडप भएको थियो । माओवादीका वर्गीय संगठन मधेशी मुक्ति मोर्चाको तत्कालीन महासचिव रहेका प्रभु साहको हठको कारण माओवादीलाई ठूलो मानवीय क्षति बेहोर्नु परेको भनाइ स्थानीयको रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर घटनाको मुद्दा चलाउने निधो गरे माओवादी जनयुद्ध र शान्ति प्रक्रियापछि माओवादी द्वारा गरिएको हत्याको छानबिन हुनुपर्ने माग जनता समाजवादी पार्टीका नेता कार्यकर्ताको रहेको छ । हिन्दूबादी नेता काशीनाथ तिवारीको हत्यामा प्रभु साहको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदा हँुदै जिल्ला सरकारी वकिल कार्यालयबाट मुद्दा नचलाउने गरिएको निर्णय त्रुटिपूर्ण रहेकोले त्यसको पुनः अनुसन्धान हुनुपर्ने माग जसपाका नेता कार्यकर्ताहरुको रहेको छ ।

२०६४ साल बैशाख २८ गतेमा दर्ता गराइएको जाहेरी दरखास्तमा सम्वन्धित निकायले कुनै अनुसन्धान नगरी थन्काएको भन्दै कारबाही अगाडि बढाउन दबाब दिने उद्देश्यले आम जनता पार्टीका अध्यक्ष प्रभु साहको इसारामा गौर हत्याकाण्ड संघर्ष समितिले आन्दोलनका कार्यक्रम सञ्चालन गरेका थिए । जाहेरी दरखास्तमा ६६ जनाको नाम उल्लेख गरिएको छ भने गौर घटना जाँच बुझ आयोगको प्रतिवेदनमा थप ६४ जनाको नाम उल्लेख गरी १३० जना लाई दोषी भनिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको सिफारिÞश अनुसार दोषी भनिएकाहरुमा अजय गुप्ता गौर ९ , गौरी शंकर यादव गौर ९,बाबुलाल साह गौर २ ,शम्भु साह गौर २ , ललन सिंह गौर १३ , चन्द्रिका सिंह सरुअठा ४ , बलराम सिंह कुंवर ब्रह्मपुरी ,उपेन्द्र यादव सप्तरी , राजेन्द्र यादव ठेगाना नखुलेको , संजीव यादव टेंगराहा १ , रामकलेवर सिंह गौर ५ , जग्गनाथ केशरी गौर ९ , संजीव यादव मुड़वालबा २ ,शम्भु सिंह गंगा पिपरा २ , राम प्रवेश सिंह गंगा पिपरा २ , रूप नारायण चौधरी हथियाही ७ , चुल्हाई साह बसतपुर १ , देवनाथ झा बसतपुर , राम आधार साह बसतपुर १ , शिव शंकर सिंह ब्रह्मपुरी १ जगरनाथ ठाकुर ब्रह्मपुरी ५ , गणेश राय यादव शीतलपुर बैरगनिया ,विनोद सिंह ब्रह्मपुरी १ नंदकिशोर साह सरमुजवा २ रहेका छन् ।

त्यसैगरी,जयनन्द यादव दक्षिण झिटकैया बारा, कपिलदेव यादव धरहरि रौतहट , दामोदर प्रियदर्शी सोनरनिया ४ ,बबन सिंह ब्रह्मपुरी १ , भूषण सिंह गौर १३ , राम प्रसाद लाल ब्रह्मपुरी २ , जीतेन्द्र सिंह ब्रह्मपुरी १ , रामेश्वर प्रसाद यादव मुड़वालबा २ , प्रेमचन्द्र झा , राम अयोध्या महतो गौर ६ , अवधेश चनौ गौर ६ , राम निवास सिंह हज्मीनिया ८ , उमेश तिवारी हज्मीनिया ८ , अशोक सिंह हज्मीनिया १ , भाग्य नारायण साह बसतपुर , शंकर सिंह बसतपुर , मुन्ना सिंह हज्मीनिया १ , मंगल राउत बरियारपुर ५ , शेख दाउद कनकपुर , शंकर यादव मानपुर , अरुण सिंह गौर १३ , मुकुट सिंह गौर १३ , विश्वनाथ पटेल जेठरहिया ८ , वीरेन्द्र राउत जेठरहिया ९ , जयचंद्र यादव टेंगराहा ४ , दिन्ना यादव टेंगराहा २ , सहन राय यादव टेंगराहा १ , हरिन्द्र यादव जयनगर ९ , बैधनाथ साह मठिया ७ लाई आरोपित बनाइएको छ । लली साह औरैया १ , शंकर साह बनिया औरैया १ , वीरेन्द्र पाण्डेय गंगा पिपरा , जोधा साह गौर , शंकर राय यादव लक्ष्मीपुर , बेराहीम अंसारी जयनगर , श्री नारायण झा बसतपुर , रामबाबू प्रसाद यादव कचोरबा बारा , जियालाल यादव बारा कोइलिडीह , शिउनाथ पटेल मझौलिया बारा , मदन साह गौर १२ , अरविन्द सिंह हज्मीनिया १ , पवन सिंह हज्मीनिया ८ ,भूपेन्द्र महतो भसेडवा , राम सोगरत यादव गौर ४ , पंकज भारती गौर ४ , नरेश भारती गौर ४ , दीपेन्द्र भारती गौर ४ , देवी यादव गौर ५ , लालकिशोर राउत गौर ९ , रामदास साह बसतपुर १ ,रामेश्वर साह बसतपुर १ , रामजी दास , रजनीश झा, हरिकिशोर यादव लिखापढ़ी गर्ने ,हिन्दू राय महमदपुर , नवल यादव महमदपुर , वृज यादव महमदपुर , संजीव झा , रणवीर महतो , गगनदेव महतो , सोनालाल यादव , भुनरेश यादव , नरेश साह तेली रहेका छन् ।

त्यस्तै,अर्जुन मल्लिक , जगदीश मल्लिक , फेकू गौर गढ़वा , मुलितक गढ़वा , भद्दा ठाकुर हजाम ब्रह्मपुरी , रामशंकर श्रीवास्तव ब्रह्मपुरी , तेजा बैठा हज्मीनिया , अमर बैठा हज्मीनिया , विनोद चमार हज्मीनिया , मदन सिंह बसतपुर , शिव पासवान गौर ११ , मसेज खा गौर १० , दीपेंद्र साह तेली गौर १० , छोटन सिंह गंगा पिपरा , गगन सिंह सिरसिया , अनिल सिंह , अमर यादव इनरवारी १ , धनंजय झा गौर , बिरवसनी साहनी बसन्तपटी, किशोरी यादव इनरवारी १ , बलरुवा अंसारी जयनगर ,रामचंद्र गिरी नरकटिया , संजय केसरी टिकुलिया ६ ,राजिनन सिंह गौर , रामकुमार शर्मा महोतरी , तेजिलाल पटेल इनरवारी रौतहट , गगनदेव बैठा टेंगराहा , कौशल सिंह बसतपुर , राम अवतार साह तेलीलाई आरोपि बनाइएको देखिनछ ।

ठेगाना नखुलेको राजेश गुप्ता , हरी सिंह , शंकर मुखिया , राजेंद्र पटेल , रामप्रवेश पटेल लक्ष्मीनियाँ ५ , शेख जमशैद गौर १० , गुड्ड सिंह ब्रह्मपुरी १ ,विक्रम सिंह गौर १३ , उमा राय यादव औरैयालाई आरोपि बनाइ जाहेरी दिएको राष्ट्रीय मानव आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News