अपडेट 
२०८० श्रावण २६, शुक्रबार ०७:५७

गौर हत्याकाण्डको मुख्य दोषी नै प्रभु साह रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले बताएका छन् ।

गत सोमबार गृह मन्त्रालयले पीडितहरूसँग दोषीलाई कारबाही गर्ने लगायतका सम्झौता गरेपछि उनी आक्रोशित बनेका छन् । उक्त घटनामा नेता शर्माविरुद्ध पनि जाहेरी दर्ता छ । उनले आफ्नो फेसबुकमा लेखेका छन्,‘प्रभु साहको घमण्ड, अहंकार र उच्च राजनीतिक महत्वाकांक्षा, गृह प्रशासनको मौनता र परिवर्तन विरोधी शक्तिको चलखेलको समग्र परिणाम नै गैर हत्याकाण्ड हो ! गौर हत्याकाण्डको मुख्य दोषी नै प्रभु साह हो । छानबिन भयो भन्ने यही सत्य साबित हुनेमा म विश्वस्त छु।’ उक्त घटनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र शर्मासहित १ सय ३० जनामाथि कारबाही माग गर्दै जाहेरी दिइएको छ । २०६३ चैत ७ गते रौतहटको गौर बजारमा भएको घटनामा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।

Comment


Related News

Latest News

Trending News