अपडेट 
२०८० श्रावण २७, शनिबार ०८:१८

जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका छन् । प्रचण्ड मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना रहेको छ । ‘कसलाई फिर्ता बोलाउने भन्ने तय भइकसेको छैन’ स्रोतले भन्यो । तर जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ ।

जनमतले यसअघि नै उनको नाम सिफारिस गरेको थियो । जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले पनि भोलि वा पर्सिसम्म सरकारमा जाने सम्भावना रहेको स्वीकार गरेका छन् ।

 

Comment


Related News

Latest News

Trending News