अपडेट 
२०८० श्रावण २७, शनिबार ०९:३९

धनुषाको मिथिला विहारी नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादवले अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी दर्ता गराइएको छ ।

वडाध्यक्ष यादवले जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको ४ लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नगरेको जेष्ठनागरिकहरुले बताएको सो निवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमूलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत स्ट्रीट लाइट जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय संचालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाखको विल भरपाइ पेश गरेको १ लाख ७८ हजार भुक्तानी लिएको सो निवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै,वडा ९ मा २ इन्चको कृषि पम्पिंगसेटका लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरुका सिकाइ उपलब्धिको लागि श्री रामजानकी आधारभूत विद्यालय कटरैत तथा आधारभूत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोशाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी,वडा नं. ९ अन्तर्गत खानेपानीका लागि हैण्डपाइप जडान तथा खरिदका लागि छुट्टयाइएको १० लाख मा ९ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको निवेदनमा उल्लेख गरिएको छ । पेश गरिएको सो निवेदनमा दुबै आधारभूत विद्यालयले यस विद्यालयमा कुनै पोशाक वितरण नभएको र सो वडाका जेष्ठनागरिकहरुले सम्मान नपाएको सहीछाप गरिएको आधार पेश गरिएको छ ।

Comment


Related News

Latest News

Trending News