अपडेट 
२०८० श्रावण २८, आईतवार ०७:२६

अदालतको लोकप्रियता , गरिमामा आँच आउने गतिविधिप्रति सजगताको खाँचौं औंल्याइएको छ ।

नेपाल कानुन व्यवसायी परिषद्को ३० औं स्थापना दिवसका अवसरमा परिषद्को मधेश प्रदेश समितिद्वारा जनकपुरधाममा आयोजित विचार गोष्ठीमा न्यायाधीश एवं कानुन व्यवसायीले सो खाँचौं औल्याएका हुन् । मिटर ब्याजी सन्दर्भमा बनाइएको ऐनले प्रहरी र प्रशासनिक प्रमुखको वर्चश्वले अदालतको भूमिकाप्रति गम्भीर बहस , ऋण दिने व्यवहार ठप्पले मधेशवासीको स्वाभिमानमा चोट पु¥याएको चिन्ता व्यवसायीहरुले व्यक्त गरे । मिटर ब्याजी समस्या समाधानलाई दृष्टिगत गरी बनेको ऐन प्रमुख जिल्ला अधिकारी र प्रहरीको भूमिकालाई प्रमुखता दिनुले न्यायाधीश र अदालतप्रति जिज्ञासा , प्रश्नमा वृद्धि भएको प्रसंग व्यवसायीहररुले उल्लेख गरेका थिए । विभिन्न गतिविधिले देशमा अदालत छ , सहज , छरितो न्याय सम्पादन हुन्छ भन्ने भावनामाथि प्रहार र औचित्वको बहस प्रारम्भ हुनु चिन्तनीय पक्ष भएको व्यवसायीहरुले विचार व्यक्त गरे ।

कालो कोट इजलासको गहनाझै भएकाले कालो कोट लगाउनेले इज्जत र प्रतिष्ठामा दाग लगाउने घटना घटित हुनु अति गम्भीर विषय भएकाृ चर्चा गर्दे व्यवसायीहरुले गलतीलाई सच्याई कर्तव्य बोधसँगै दायित्व निर्वाहलाई मूलमन्त्र बनाउनु पर्ने धारणा राखे । कानुन व्यवसायीमा दायित्व निर्वाहभन्दा पनि पैसा आर्जनप्रति लिप्त हुँदै जाने प्रवृत्ति बढ्दै गएका कारण नियमनलाई प्रभावकारी बनाउनु आवश्यक रहेको तथ्य उल्लेख गरिएको थियो । विद्वताको पगरीमा आँच पुग्ने गतिविधिले व्यवसायीको भूमिका नै गौण बन्दै जानेमा पनि व्यवसायीहरुले चिन्ता गरे । परिषद्ले नवोदित कानुन व्यवसायीलाई मर्यादित र दक्ष बनाउन अग्रज व्यवसायीको अधीनमा केही वर्ष लेखन , बहस , अध्ययनका पक्षलाई सबल बनाउने अवधि तोक्न पनि व्यवसायीहरुले विचार व्यक्त गरे ।

नयाँ पाठ्यक्रम विकास ,पेशागत निष्ठा , सांगठनिक सुदृढीकरण , हकहितको रक्षालाई परिषद्ले ध्यान दिनु जरुरी भएको व्यवसायीहरुले बताए । उच्च अदालतका कामु न्यायाधीश डालकुमार खडकाले गम्भीर सरोकारका विषयमा ध्यानकर्षण गराउनु राम्रो पक्ष भए पनि व्यवसायीको गुण स्तर , शुद्धिकरण , विधिको पालन जस्ता विषयको संवेदनशीलतालाई ध्यान दिनु जरुरी रहेको धारणा राखे । नेपाल बार एशोसिएसनका केन्दीय उपाध्यक्ष सुधीर कर्णले मिटर ब्याज समस्या समाधान सम्त्रन्धमा सिडियो पीडितको संख्या बढ्दै जानु र न्यायाधीश , अदालत , कानुन छ जस्ता पक्ष निष्क्रिय देखा पर्दे जानु गम्भीर विषय भएको बताए ।

परिषद्का पार्षद् एवं वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले परिषद्ले नयाँ पाठ् यक्रम निर्माण , नियमनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न क्रियाशील रहेको जानकारी दिए । महोत्तरी वार अध्यक्ष दीपक विश्वकर्मा , रौतहटका नन्दकिशोर साह, सप्तरीका भरतकुमार साह, वाराका उमेश जयसवाल , सर्लाहीका मनोजकुमार साह , धनुषा वारका उपाध्यक्ष , अशोक कुमार , वरिष्ठ अधिवक्तहरुा देवेन्द्र निराला , किशोरी साहले धारणा व्यक्त गरेको समारोहमा वरिष्ठ अधिवक्तहरु उग्रनाथ झा , नारायण अधिकारी , कुशेश्वर पाठक , नागेन्द्रलाल कर्ण , कृष्ण नन्द देव , रामजी साह , अनिरुद्ध महतो , देवनारायण यादव लगायतलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News