अपडेट 
२०८० श्रावण २८, आईतवार ०७:३४

नेपालका लागि नेपाली पार्टीले मधेश प्रदेश कार्यालय जनकपुरधाममा सञ्चालन गरेको छ ।

पार्टीले जनकपुरधाममा शनिबार एक कार्यक्रमका बीच रामानन्द चोकमा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । मधेश प्रदेश कार्यालयको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास बैष्णवले उद्घाटन गरेका थिए । सो अवसरमा उत्तराधिकारी महन्त बैष्णवले सनातन धर्मको रक्षा र हिन्दू राष्ट्र घोषणा गर्ने लक्ष्य लिएर यो पार्टी बनेको हुनाले आफूले यो पार्टीको कार्यालय सञ्चालनमा उपस्थित भएको बताएका थिए । उनले सनातन धर्मको बारेमा व्याख्या गर्दै केही व्यक्तिको प्रलोभनका कारण हिन्दू राष्ट्रलाई धर्म निरपेक्ष गरेको आरोप लगाएका थिए । बहुसंख्यक सनातन धर्मावलम्बीको वर्चस्व रहेको स्थानलाई सुनियोजित ढंगले धर्म निरपेक्ष बनाइएको प्रति उनले दुःख व्यक्त गरेका थिए । नेपालमा जानकी जी, बाबा पशुपति, भगवान गौतम बुद्धको जन्म स्थल रहेको भए पनि यसलाई धर्मनिरपेक्ष बनाउनु आफ् नो पहिचान गुमाउनु रहेको बताए । यो पार्टी स्थापना कालदेखिनै सनातन धर्मको पक्षधर रही मुख्य एजेण्डा बनाएर अघि बढेका कारण उत्तराधिकारी महन्थ बैष्णवले शुभकामना व्यक्त गर्दै अगाडि बढ्न प्रोत्साहन गरेका थिए।

सो अवसरमा पार्टीका सर्वोच्च नेता शुशिल चन्द्र अधिकारी, केन्द्रीय अध्यक्ष सन्तोषानन्द महराज, सत्रुधन साहलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा दुई दर्जन भन्दा बढी नव युवक सनातनीले पार्टी प्रवेश गरेका थिए ।

Comment


Related News

Latest News

Trending News