अपडेट 
२०८० श्रावण ३०, मंगलवार ०७:३४

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा जसपाले गौर हत्याकाण्डबारे छानबिन भए आफूहरु सरकार र गठबन्धन छाड्ने चेतावनी दिएको छ । जसपाले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छोड्ने चेतावनी दिएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेले भने,‘गौर हत्याकाण्डका बारेमा प्रश्न उठ् यो । जसपाका साथीहरूले हामीलाई गठबन्धनमा यसरी नै टार्गेट गरिरहने हो भने गठबन्धनमा रहने, नरहने सोच्नुपर्छ भन्नेखालको शंकास्पद कुरा व्यक्त भएको छ । कानूनसम्मत ढंगले टुंग्याउने कुरा भएको छ ।’ गौर हत्या काण्डमा तत्कालिन मधेशी जनअधिकार फोरमको कुनै गल्ती नरहेको जसपाका नेताहरु बताउँदै आएका छन् ।

तत्कालिन मधेशी जनअधिकार फोरम नेपालको निर्धारित कार्यक्रममा तत्कालिन माओवादीका नेता प्रभू साहले भाड्न खोज्दा नसोचेको घटना भएको उनीहरु दावी गर्दै आएका छन् । एका तिर सरकार टिकाउन समर्थन चाहिने अर्कातिर नगरेको घटनामा बलजर्वजस्ती फसाउन खोज्दा सरकारमा बसि रहनुको कुनै तुक नरहेको जसपाका एक नेताले बताए । गौर हत्याकाण्डका मुख्य दोषी आम आदमी पार्टीका नेता प्रभू साह रहेको र उनलाई कारवाही गर्नकालागि जसपाका नेताहरु विभिन्न पार्टीका नेताहरुलाई भेट्ने क्रम जारी छ । ती नेताले भने–‘हामीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायत अन्य पार्टीका नेताहरु संग यस बिषयमा कुराकानी गर्यौ, सवै जना सकारात्मक छ, दोषीलाई कारवाही गर्न सवै जना तया छन् तर, जसपाका नेताहरुलाई मात्रै टार्गेट गर्ने हो भने हामी सरकार छाड्न तयार छौं ।’

Comment


Related News

Latest News

Trending News