अपडेट 
२०८० श्रावण ३१, बुधबार १६:३४

सार्वजनिक गाडीको भाडा बढेको छ ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो ।

सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीकाे भाडा छ दशमलव ८३ प्रतिशतले बढेको हो । बढेको भाडादर आजैदेखि लागू भएको छ । विभागका अनुसार यो भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको छ ।

नेपाल आयल निगमले हिजो मङ्गलवार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियाे ।

 

Comment


Related News

Latest News

Trending News