अपडेट 
२०८० श्रावण ३२, बिहीबार ०६:१२

गौशाला नगर पालिकाका उपप्रमुख रेनुकमारी महतोको दुव्र्यवहार विरोधमा नगर कर्मचारीले सेवा ठप्प पारी विरोधका कार्यक्रम ठप्प परेका छन् ।

उपप्रमुख महतोले राजस्व शाखाका नायवसुब्बा दीपेन्द्र यादवलाई सोमबार कार्यकक्षमै दुव्र्यवहार गरेको कर्मचार ीको आरोप छ । घटनाको छानबिनको माग गर्दै कर्मचारीले विरोधको कार्यक्रम जारी राखेका छन् । उपमेयर विरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित हातमा कालोपट्टी बाँधेर कर्मचारी धर्नामा बसेका कारण १२ वटै वडाको सेवाप्रवाह प्रभावित भएको सेवाग्राहीको भनाइ छ ।

नगर कर्मचारी आन्दोलनमा उत्रेपछि घटना दर्ता, विभिन्न सिफारिस, जग्गा किनबेच, सामाजिक सुरक्षा भत्ताजस्ता काम अवरुद्ध भएपछि आफूहरू मर्कामा परेको सेवाग्राहीहरुको गुनासो छ । घटनालगत्तै नगर कर्मचारीले सोमबार अपराह्न विज्ञप्ति जारी गर्दै दुव्र्यवहारको निन्दा र दोषीमाथि कारबाही नभएसम्म अनिश्चितकालीन विरोधको कार्यक्रम गर्ने जनाएका थिए । आन्दोलनरत कर्मचारीले सुर क्षा प्रत्याभूति, घट्ना छानबिन तथा उपप्रमुखमाथि कारबाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाईसमेत ज्ञापनपत्र बुझाएका छन् । प्रशासन कार्यालयले आवश्यक कारबाहीका लागि उक्त ज्ञापनपत्र जिल्ला प्रहरीमा पठाइएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले बताए ।

उपप्रमुख रेनुकुमारी महतोले आरोप कपोलकल्पित, नियोजित र दुराशयपूर्ण रहेको भन्दै आरोपको खण्डन गरेको छ । ‘आरोपको आधार र प्रमाण के छ ? ’ उनले प्रतिप्रश्न गरिन मैले राजश्व सम्बन्धी फाइल माग्दा न दिनुपर्ने कारण के हो ?’ आफूलाई जानकारी नदिइ ठेक्का लगाउने काम भएको उनले बताइन । ठेक्का सम्बन्धी कागजात माग्नु नै दुव्र्यवहार हो ? उपमेयरले प्रश्न गरिन । उपमेयरले बजार ठेक्का र अनलाइन प्रक्रियाबाट लगाएको ठेक्कासम्बन्धी कागजात माग गरेको कुरा सही भएको नासु दीपेन्द्र यादवले स्विकारेका छन् । नदिएपछि आफूमाथि दुव्र्यवहार भएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News