अपडेट 
२०८० भाद्र ६, बुधबार ०८:२५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा (एमाले) ले मुलुकलाई बन्धक बनाउन खोजेको आरोप लगाएका छन् । उनले संसद् अवरोध गरेर जनतामाथि अन्याय गरेको पनि बताए ।

नेपाली कांग्रेस धनुषाले मङ्गलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उनले एमाले अवरोधका कारण संसदमा सांसदहरूले जनताका समस्या उठाउन नपाएको गुनासो गरे । ‘‘एमालेले संसदमा अवरोध गरेर जनतामाथि अन्याय गरेको छ । एमालेको अवरोधका कारण संसदमा सांसदहरूले जनताका समस्या उठाउन पाएका छैनन् । संसद् जनमतको कदर गर्ने थलो हो ।,’’ केन्द्रीय सदस्य महरले भने, ‘‘कुनै असन्तुष्टि भए संसदमा मज्जाले मत राखेर जनतासामु पु¥याउन सकिन्छ । सच्याउनका लागि दबाब दिन सकिन्छ । तर संसद् अवरोध गरेर लामो समयदेखि गतिरोध सिर्जना गर्नु गैर जिम्मेवारीपन हो । एमालेले यस्तो गर्न लाज मान्नुपर्ने हो ।’’ केन्द्रीय सदस्य महरले जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप समेत लगाए । एमालेले सत्तामा हुँदा होस् वा प्रमुख प्रतिपक्षी हुँदा होस् सांसदमाथि प्रहार गरिरहनु गैर लोकतान्त्रिक भूमिका भएको समेत महरको भनाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको र अहिले प्रतिपक्षमा हुँदा पनि सांसदमाथि नै प्रहार गर्न खोजिरहेको महरको आरोप छ । ‘‘म ओलीजीलाई प्रश्न गर्न चाहन्छु, लोकतान्त्रिक व्यवस्थामा सदनप्रतिको यति धेरै आक्रोश किन हो ? सदन के तपाईँ एक जनाको चाहना अनुरुपमात्रै चल्नुपर्ने हो ? एमाले प्रतिपक्षमा हुँदा पनि सत्ताको कस्तो भाग खोजिराख्नु भएको हो ? भाग पाए संसद् चल्न दिने, नत्र संसद् चल्न नदिने अलोकतान्त्रिक र गैर जिम्मेवार चरित्र भएन र?

Comment


Related News

Latest News

Trending News