अपडेट 
२०८० भाद्र ९, शनिबार ०७:३४

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले पूर्व राष्ट्रपति डा. रामवरण यादवका पुत्र चन्द्रमोहन यादवलाई कारवाही गर्न माग गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्वर ४ मा आयोजित एक कार्यक्रममा पार्टीका वरिष्ठ नेता शेखर कोइराला समक्ष उनीहरुले सो माग गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर ४ का सभापति योगनारायण यादवले पार्टीमा अन्तर्घात गर्ने गिरोहहरु सक्रिय रहेका कारण पार्टी स्थानीय देखि संघको निर्वाचनमा पराजित भएको बताए । उनले भने–‘ अन्तर्घातलाई कारबाही नगरेकै कारण त्यस्ता त्यस्ताहरुको मनोवल बढेको छ, आपूmहरुले पटक पटक कारबाहीका लागि सिफारिस गर ेपनि कारबाही हुन नसकेपछि नेता कार्यकर्तामा असन्तुष्टि बढेको छ ।’ उनले पार्टी निर्वाचन क्षेत्र नम्वर ४ मा पटक पटक अन्तर्घातको शिकार भएको भन्दै गत निर्वाचनमा र यस पटकको निर्वाचनमा पनि अन्तर्घातकै कारण सह–महामन्त्री महेन्द्र यादवलाई जिताउन असफल भएको बताए । उनले प्रदेश र प्रतिनिधिसभाबाट हामीहरुले चन्द्रमोहनलाई कारबाहीका लागि सिफारिस पठाएका छौं तर, अहिलेसम्म कारबाही नभएको बताउँदै उनले अन्तर्घातीहरुलाई संगै घुमाएकोप्रति हामीहरु दुःखी भएको नेता कोइरालालाई सुनाए । उनले भने–‘तपाई ती अन्तर्घातीलाई संगै घुमाइ रहनु भएको छ त्यसले हाम्रो आत्मसम्मानमा ठेस लागेको छ ।’ उनले पार्टीमा कडाइका साथ अनुशासन लागु हुनुपर्ने माग गर्दै कारबाहीका लागि सिफारिस भएकाहरुमाथि छानबिन गरी कारबाही हुनुपर्ने बताए ।

Comment


Related News

Latest News

Trending News