अपडेट 
२०८० भाद्र ९, शनिबार ०७:४०

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अस्थि।ताका कारण देशको राजनीतिक अवस्था भयावह भएको बताएका छन ।

शुक्रवार नेपाल वित्तीय संस्था कर्मचारी संघ, ग्रामीण लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय समितिको तेश्रो अधिवेशनको उद्घाटन गर्दै उनले देशमा विगतका गलत सत्ता शासन र सत्ताको दुरुपयोगका कारणले अहिलेको अवस्था सृजना भएको बताए । देशको अवस्था विषयमा हाल मिडिया र सामाजिक सञ्जालमा आइरहेको सुचना भन्दा पनि फरक रहेको चर्चा गर्दै छ, उनले भने, ‘देशका सत्ता शासनमा बसेकाहरुले जबसम्म भ्रष्टाचार न्यूनीकरणकालागि ठोस पहलकदमी लिदैन यस्तै रहन्छ ।’ दण्डहीनता गर्नेलाई कानुनको कठघरासम्म पुर्याएर पारदर्शिता स्वीकार गरी सुशासन कायम नगरेसम्म जनताले नपत्याउने र देश विकास गर्न नसक्ने उनको जिकिर थियो । उनले अमेरिकाले केही समय अगाडि तयार पारेको प्रतिवेदन अनुसार नेपालको डिएफआईको धेरै सम्भावना रहेपनि भ्रष्टाचार, दण्डहीनताको अन्त्य, अपारदर्शिता र नेता तथा कर्मचारीहरुमा इमान्दारिता नआएसम्म ती सम्भावनाहरु साकार हुने सक्नेमा शंका रहेको बताए ।

उनले मुलुकमा सुशासन तथा दण्डहीनता बढेको खण्डमा न्याय क्षेत्रको भूमिका बढ्नु स्वभाविक भएको प्रसंग उल्लेख गर्दै कार्यपालिका तथा व्यवस्थापिकाले गलत ग¥यो भने न्यायपालिकाले त्यसलाई सन्तुलनमा राख्नका लागि हस्तक्षेप गर्नु संविधानतः स्वभाविक भएको बताए । उनले कार्यपालिका र व्यवस्थापिकाले इमानदारीपूर्वक काम गरे मुलुकमा शान्ति, समृद्धिको जनचाहना पूरा गर्न धेरै समय नलाग्ने पनि धारणा राखे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरले मुलुकमा शान्ति र समृद्धिको यात्रा नेपाली काँग्रेसले नै गरेको बताउँदै अहिलेको अवस्थामा सुधार पनि काँग्रेसले नै गर्ने दाबी गरे ।

Comment


Related News

Latest News

Trending News