![](https://ejanakpurtoday.com/wp-content/uploads/2023/08/371139781_316175077738981_983953663103675720_n.webp)
एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३ सय ४३ रनकाे लक्ष्य दिएकाे छ ।
मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायाे । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए । बाबरले १ सय ५१ रन र इफ्तिखर अहमदले नटआउट रन बनाए । यस्तै माेहम्मद रिजवान ४४ रनमा आउट भए ।
बलिङतर्फ नेपालका साेमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।