अपडेट 
२०८० भाद्र १४, बिहीबार २१:३९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।

डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ४ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नयाँ मूल्य सूची बिहीबार राती १२ बजेदेखि लागू हुने छ ।

 

Comment


Related News

Latest News

Trending News