अपडेट 
२०८० भाद्र १५, शुक्रबार १२:४४

लगातार बढिरहेको सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News