अपडेट 
२०८० भाद्र १८, सोमबार १६:४८

जनता समाजवादी पार्टीले मधेश प्रदेश समितिका जिल्लाहरुमा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले जिल्लाका आठवटै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी तोकेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनकाअनुसार सप्तरी जिल्लाको इन्चार्जमा बादलप्रसाद यादव र सह इन्चार्ज छेदी यादव, सिरहा जिल्लाको इन्चार्ज कौशलेन्द्र यादव र सह इन्चार्ज विष्णु कुमार साह, धनुषा जिल्लाको इन्चार्ज राजनारायण यादव र सह इन्चार्ज शैलेन्द्र कुमार यादव, महोत्तरी जिल्लाको इन्चार्ज अशोककुमार यादव र सह इन्चार्ज राजिव कुमार यादवलाई तोकिएको छ ।

त्यस्तै, सर्लाही जिल्लाको इन्चार्जमा रामआशिष यादव र सह इन्चार्ज सञ्चमाया मोक्तान, रौतहटको इन्चार्ज चन्देश्वर महतो र सह इन्चार्ज राजकुमार दास, बारा जिल्लाको इन्चार्ज सिहासन सा कलवार र सहइन्चार्ज सोहन शर्मा र पर्सा जिल्लाको इन्चार्जमा अबधभुषण यादव र सह इन्चार्ज दीपक यादव रहेका छन् ।

Comment


Related News

Latest News

Trending News