अपडेट 
२०८० भाद्र १८, सोमबार १८:५४

सप्तरी निर्वाचन क्षेत्र नं। ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन् ।

सिंहलाई सदरमुकाम राजविराजबाट पक्राउ गरिएको हो। ०६४ सालमा भएको एउटा हत्या घट्नामा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनी फरार को सूचिमा थिए।

सिंहको निर्देशनमा खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालीन बोदे बर्साइन गाविस–४ बाट वि.सं.२०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्‍याई पाँचवटा गोली हानी उनको हत्या गरिएको थियो।

उक्त विषयमा जाहेरी परेपछि अदालतमा बयान दिन समेत नगई यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

मृतककी दिदी धनगढी गाविस–३ की रिताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह समेत नौ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

Comment


Related News

Latest News

Trending News