२०८० भाद्र १९, मंगलवार १३:५८

एसिया कपमा भारतविरुद्ध खेलेका नेपाली टीमका सदस्यलाई भारतीय क्रिकेट टिमका खेलाडीले मेडलले सम्मान गरेका छन्।

सोमबार उत्कृष्ट खेल खेलेका सोमपाल कामीलाई भारतका हार्दिक पाण्ड्यालाई मेडल लगाएका हुन् भने आसिफ शेखलाई भारतीय ब्याट्सम्यान विराट कोहलीले मेडल लगाइदिएका थिए। आसिफले भारत विरुद्ध अर्धशतक हानेका थिए। यस्तै, भारतीय प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइदिएका हुन्।

प्रशिक्षक मोन्टी देसाईले  नेपाली टिमलाई एकजुट बनाएर अघि बढाउन ‘ह्याप्पी ड्रेसिङ रूम’ को अवधारणा ल्याएका हुन्। उनले खेलपछि राम्रो खेल्ने खेलाडीलाई ड्रेसिङ रुममा मेडल दिने गरेका छन्।

सोमबार भारतले नेपाललाई १० विकेटले पराजित गरेको थियो। त्यसपश्चात् नेपाली क्रिकेटका प्रशिक्षक  मोन्टी देसाईले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई भारतीय खेलाडीको ड्रेसिङ रुममा लगेका थिए। देसाईले भारतीय खेलाडीको हातबाट नेपाली खेलाडीलाई मेडल दिन आग्रह गरेको दृश्य क्रिकेट संघले सार्वजनिक गरेको भिडिओमा देख्न सकिन्छ।

भारतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै चौतर्फी प्रशंसा पाइरहेको छ।

Comment

Related News

Latest News

Trending News