अपडेट 
२०८० भाद्र २०, बुधबार ०८:३८

सर्लाहीको सदरमुकाम मलंगवा नजिक रहेको नेपाल–भारत सीमा अन्तर्गत मलंगवा–सोनवर्षा नाकामा १०८ फिटको राष्ट्रिय झण्डा फहराइएको छ ।

नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा मंगलबार नगरपालिकाले एक समारोहका बीच मधेश प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले दशगजा नजिक निर्माण गरिएको गौरव पार्कमा १०८ फिटको राष्ट्रिय झण्डा फहराएका छन् । नगरको गौरवको रुपमा रहेको उक्त पार्क मधेश प्रदेश सरकारको विशेष अनुदानबाट प्राप्त ३० लाख रुपैयाको लागतमा २०८० साल असार ४ गते नगरप्रमुख यादवद्वारा शिलान्यास भइ भदौ १८ गते निर्माण सम्पन्न भएको छ ।

केही वर्ष अगाडि जिल्ला भन्सार कार्यालय नजिक निर्माण सम्पन्न भएको नगर प्रवेश द्वारको पनि सोही कार्यक्रमको अवसरमा उदघाटन गरिएको छ । समारोहमा मधेश प्रदेश सांसद कौशल किशोर राय, पूर्व सांसद लक्ष्मण राय, पूर्व संघीय सांसद रुहीनाज मिकरानी, मलंगवा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी साह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, भारतीय एसएसबी तथा भारतीय प्रहरीका प्रमुखहरु, विभिन्न पालिकाकाका प्रमुखहरु, स्थानीय बुद्धिजीवी समाजसेवी, मलंगवा न.पा अन्तर्गतका १२ वटै वडाका वडाअध्यक्षहरु लगायत नेपाल तथा भारतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

मलंगवा नाका भएर नेपाल प्रवेश गर्ने पर्यटकहरुको स्वागतको लागि अर्थमन्त्री यादवले राष्ट्रिय झण्डा सहितको पार्क निर्माण गराएर देशकै मान बढाएको भन्दै सम्पूर्ण नगरबासीहरुको तर्फबाट नगर प्रमुख यादवले मन्त्री यादवलाई ४५ किलोको मालाले सम्मान गरेका थिए । मलंगवा बासीको गौरवको रुपमा रहेको राष्ट्रिय झण्डा सहितको पार्कले दुबै देश बीचको धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई अझ धेरै प्रगाढ बनाएको नगरप्रमुख यादवले बताए ।

Comment


Related News

Latest News

Trending News