अपडेट 
२०८० भाद्र २२, शुक्रबार ०८:१६

नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवमाथि संघातिक आक्रमण गर्ने श्यामबहादुर सापकोटालाई कडा कारबाहीको माग गर्दै मधेश प्रदेशका जिल्लाहरुमा विरोध प्रदर्शन भएको छ ।

नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत रहेका नेता यादवलाइ भृकुटी मण्डपस्थित रिर्पोटर्स क्लवको कार्यक्रम सकेर गाडीमा चढन लाग्दा सापकोटाले खुकुरी प्रहार गरी हत्याको प्रयास गरेका थिए ।

सापकोटालाई कारबाहीको माग गर्दै मधेशका जिल्लाहरुमा नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल, नेवि संघ लगायतका स्थानीय संघ संस्थाहरुले टायर बालेर सडकमा प्रदर्शन गरेका छन् । उनीहरुले सापकोटाप्रति प्रहरीले सदाशयता देखाएको आरोप लगाउँदै सुक्ष्म अनुसन्धान गरी मुद्दा लगाउन माग गरे । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले यादवमाथिको आक्रमणलाई गंभीर प्रकृतिको नियोजित घटना भएको बताउँदै संलग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसित माग गरे ।‘घटनाको प्रकृतिले कांग्रेसका सहमहामन्त्री यादवको हत्याका लागि नै खुकुरी सहित कार्यक्रममा पुगेको देखिन्छ’ उनले भने, घटनामा गणतन्त्र र संघीयता विरोधी गिरोहको संलग्नता हुन सक्छ ।

मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा यादवले खुकुरी एकजनाले प्रहार गरेको देखिए पनि अन्यको संलग्नताबारे प्रहरीले गहिरो अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।‘ज्यान मार्ने उद्देश्यले नियोजित रुपमा आक्रमण गरिएको छ’ उनले भने, दोषीहरुलाई कडा कारबाही नगरिए कांग्रेस चुप लागेर बस्न सक्दैन् ।

Comment


Related News

Latest News

Trending News