अपडेट 
२०८० भाद्र २६, मंगलवार १०:३१

धर्म संस्था जनकपुरधामको नयाँ सभापति पदमा ताराचन्द्र प्रसाद साहले शपथ ग्रहण गरेका छन् ।

संस्थाको उपसभापति प्रभकार प्रसाद साहको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच नवसभापति साहले संस्थाको सभापति पदमा ताराचन्द्रले पद तथा गोपनियताको शपथ लिएका हुन् । धर्म संस्थाका सभापति रहेका रामचन्द्र साहको निधन भएपछि गुठियारहरुमध्येका बरिष्ठ सदस्य ताराचन्द्रलाई सभापतिमा चयन गरिएको हो । उनलाई अधिवक्ता धर्मेन्द्र शर्माले शपथ ग्रहण गराएका थिए ।

जनकपुरधामको विकास महत्वपूर्ण भूमिका निर्वाह गरेका रामस्वरुप साह र रामसागर साहले यो संस्थाको स्थापना गरेका थिए । सो संस्था मार्फत परोपकारका कामहरु हुँदै आईरहेको छ ।

Comment


Related News

Latest News

Trending News