अपडेट 
२०८० भाद्र २९, शुक्रबार १५:०४

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले न्यायपरिषदबाट सर्वोच्च अदालतका लागि सिफारिस शर्माको सुनुवाइ सकेर नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश शर्माले प्रचलित संविधान, कानुन र न्यायिक मूल्य मान्यताका आधारमा स्वच्छ, सक्षम, निष्पक्ष, तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

उहाँले विशेष गरी सर्वोच्च अदालतमा रहेका पुराना बक्यौता मुद्दाहरूको फर्छ्यौट, परक मुद्दा व्यवस्थापन पद्धतिको कार्यान्वयन, इजलासको समय व्यवस्थापन सम्बन्धमा निश्चित मापदण्ड र कार्य योजना तयार गरी लागु गर्ने कुरामा आफ्नो सक्रिय पहल र सहभागिता रहने बताउनु भयो ।

यसअघि समितिले १० दिनको म्याद दिएर प्रस्तावित न्यायाधीश शर्माको विरुद्ध उजुरी आह्वान गरे पनि कुनै पनि उजुरी प्राप्त नभएपछि सीधै सुनुवाइ गरिएको हो ।

ओखलढुङ्गा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्यायपरिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सुनुवाइका क्रममा सांसदहरूले अदालतमा रहेका विकृति, विसङ्गति, बिचौलियाको चलखेल र भ्रष्टाचार अन्त्यका लागि न्यायाधीशको भूमिका,  बक्यौता मुद्दाहरूको समयमा फर्छ्यौट, र पीडितलाई छिटो न्याय प्राप्तिका लागि न्यायाधीशले खेल्न सक्ने भूमिकाका विषयमा प्रश्न गर्नु भयाे ।

Comment


Related News

Latest News

Trending News