अपडेट 
२०८० भाद्र ३०, शनिबार १४:२६

केरलामा निपाह भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ ।

केरलामा निपाह भाइरसको ५ भन्दा बढी केस फेला परेका छन् र सयौँ व्यक्ति पीडितको सम्पर्कमा आएकाले त्रास छाएको छ । प्रदेश सरकारले भदौ २४ सेप्टेम्बरसम्म शैक्षिक संस्था बन्द गरेको छ । स‌क्रमित क्षेत्रहरुमा आवतजावतमा रोक लगाइएको छ भने हिँडडुलमा पनि प्रतिबन्ध लगाइएको छ । 

निपाह भाइरस जनावरबाट मानिसमा सर्ने भाइरस हो। यो विशेष गरी चमेरोमार्फत फैलिन्छ। निपाहको पहिलो केस सन् १९९८ मा मलेसियामा सुँगुर किसानमा भेटिएको थियो । यसको नाम मलेसियाको गाउँबाट बनाइएको थियो, जहाँ यसको पहिलो केस फेला परेको थियो।

डब्ल्यूएचओले यो भाइरसलाई इबोला, जिका र कोरोना भाइरसको श्रेणीमा राखेको छ। यो किनभने यसले महामारी फैलाउने क्षमता राख्छ। निपाह भाइरस सामान्यतया जनावर र दूषित खानाबाट सर्ने गर्छ तर हालै यो मानिसबाट सिधै मानिसमा पनि सर्ने गरेको देखिएको छ ।

सबैजना निपाह भाइरसको बारेमा चिन्तित छन् किनभने यो भाइरसको मृत्यु दर उच्च छ। पीडितको मृत्युदर ७५ प्रतिशत रहेको अनुमान गरिएको छ । चिन्ताको अर्को कारण यो हो कि अहिलेसम्म कुनै खोप जारी गरिएको छैन।

Comment


Related News

Latest News

Trending News