अपडेट 
२०८० भाद्र ३१, आईतवार ०७:१९

राष्ट्रपति रामचन्द्र पौडेल असोज ८ गते जनकपुरधाम आउने भएका छन् । उनी जानकी मन्दिरमा पूजापाठसहित स्थानीय नागरिक समाजलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भएपछि उनी पहिलो पटक जनकपुरधाम असारमै आउने कार्यक्रम थियो । तर अचानक उनको स्वास्थ्यमा समस्या देखिएपछि अन्तिम समयमा कार्यक्रम रद्द गरिएको थियो । राष्ट्रपतिको कार्यक्रम निश्चित भइसकेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जनाए ।‘जनकपुरधाममा जानकी मन्दिरमा पूजापाठ प्रमुख कार्यक्रम रहेको छ ’उनले भने, नागरिक समाजलाई समेत उहाँबाट सम्बोधन हुनेछ । राष्ट्रपति पौडेल सोही दिन फिर्ता हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलको जनकपुरधाममा भव्य स्वागतको तयारीमा जुट्न नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले सबैलाई आग्रह गरेका छन् । जनकपुरधाममा शनिवार आयोजित एउटा सार्वजनिक कार्यक्रममा उनले पहिलो पटक आउन लाग्नु भएका राष्ट्रपति पौडेललाई भव्य स्वागतमा सबै दल, नागरिक समाज, उद्योगी व्यवसायी, बुद्धिजीवी, पेशाकर्मी, अधिकारकमीहरुलाई जुट्न आग्रह गरे । यस अघि उनको आउने कार्यक्रमलाई भव्यता प्रदान गर्न नेता निधिको सक्रियतामा सर्वपक्षीय बैठकबाट सर्वसम्मत निर्णय गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News