अपडेट 
२०८० भाद्र ३१, आईतवार ०७:३०

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री रहेकी सुरिता साहले यसै हप्ता स्वतन्त्र मन्त्रालय पाउने भएकी छन् ।

मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री यादवले साहलाई मन्त्रालयको जिम्मेवारी दिने बताएका छन् । मन्त्रिमा नियुक्त हुँदा सामाजिक विकास मन्त्री बनेकी साह मन्त्रालय विभाजन हुँदा बिना बिभागीय मन्त्री भएकी छन् । सामाजिक विकास मन्त्रालय विभाजन भएर शिक्षा जनमतका महेश यादव र स्वास्थ्य मन्त्रालय कांग्रेसका वीरेन्द्र सिंहको भागमा परेको छ । मधेश प्रदेशमा कायम रहेका मन्त्रालयहरुमा सबै भन्दा ठूलो मन्त्रालय शिक्षा रहेको छ । त्यसमा शिक्षा, महिला, बालबालिका, युवा, खेलकुद, समाजकल्याण मन्त्रालय समेत रहेका छन् ।

मन्त्री साहलाई जिम्मेवारी दिने भनिए पनि मन्त्रालयको विषयमा खुलाइएको छैन् । सरकारले कुनै एउटा मन्त्रालयलाई टुक्रयाएर साहलाई जिम्मेवारी दिने भएको छ । एकजना मन्त्रीका अनुसार साहले सोमवार मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना बलियो रहेको छ ।

Comment


Related News

Latest News

Trending News