अपडेट 
२०८० भाद्र ३१, आईतवार १३:०८

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद बिमलेन्द्र निधिले संसद र सरकार दुबैमा राजनीति स्थिरता हुनुपर्ने बताएका छन ।

आईतबार नेपाल प्रेस युनियनले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका नेता निधिले देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको औंल्याए । उनले देशमा कुनै एक पार्टीको बहुमतको सरकार नभएकाले गठबन्धनमा बनेको सरकारले स्थिर रुपमा काम गर्न आवश्यक रहेको बताए । सञ्चारकर्मीहरुले प्रधानमन्त्री हेरफेर हुने सम्भावना रहेको प्रश्नमा उनले हाल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालपछि नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने पूर्वसहमतिमा गठबन्धन दल रहेको बताए । उनले संसद पूर्ण अबधिसम्म चल्न आवश्यक रहेको जिकिर गरे ।

नेता निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि जनकपुरधाम आएका समय घोषणा गरेको १०० करोड रुपैया जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको राम जानकी स्टेडियम बन्ने तय भएको जानकारी दिए । उनले जनकपुरधाम उपमहानगरपालिका, प्रदेश सरकार, गुठी संस्थान लगायत सरोकारवाला निकायबीच सहमति भईसकेको र २२ विघा जमिनमा आब केही दिनमै डिपिआर तयार गरि भारतीय दुतावासलाई अवगत गराउने तर्फ लागि सकेको बताए ।

त्यस्तै उनले, साउन ८ गत्ते नेपालका सम्मननीय राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आउन लागेको बताए । उनले राष्ट्रपति कार्यालयबाट गृहमन्त्रालय, मधेश प्रदेश प्रमुख कार्यालय र मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालयमा समेत पत्राचार भइसकेको जानकारी दिए । उनले जनकपुरधामका मेयर मनोज कुमार साहलाई राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन गेर्न सबै वेवस्ता मिलाउन आग्रहसमेत गरे ।

नेता निधिले सम्पूर्ण जनकपुरधामवासीलाई सम्मननीय राष्ट्रपति रामचन्द्र पौडेलको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन अपिल गरे ।

Comment


Related News

Latest News

Trending News