अपडेट 
२०८० आश्विन ३, बुधबार ०८:२७

राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमणवारे मंगलबार जनकपुरधाममा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहको अध्यक्षतामा सम्पन्न सो भेलाबाट राष्ट्रपति पौडेलको जनकपुरधाम भेलालाई सफल तुल्याउने विषयमा छलफल भएको थियो ।

बैठक सम्पन्न पछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सञ्चारकर्मीहरु संग संक्षिप्त कुराकानी गरी राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी दिएका थिए । उनले राष्ट्रपति पौडेल असोज ८ गते जनकपुरधाम आउने र जानकी मन्दिरमा पूजापाठ गरी प्रदेश प्रमुख हरिशंकर मिश्रको निवासमा नास्ता पछि राष्ट्र बैंकको गेष्ट हाउसमा खाना र आराम गर्ने कार्यक्रम रहेको जानकारी दिए । त्यसपछि महेन्द्र नारायण निधि मिथिला भवनको उद्घाटन गर्ने र सोही ठाउँमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको नेता निधिले जानकारी दिए ।

उनले राष्ट्रपति पौडेलको नेपाली राजनीतिमा ठूलो योगदान रहेको बताउँदै अनागरिक सरह आफ्नै देशमा बसोबास गर्दै आइरहेका लाखौं नागरिकलाई नागरिकता विधेयक प्रमाणीकरण गरी गुण लगाएको बताए ।

मधेशका लागि उनले खेलेको भूमिका मधेशका जनताले भुल्न नसक्ने बताउँदै नेता निधिले उनलाई स्वागत गर्न जनकपुरधाम र मधेशका नागरिक उत्सुक रहेको बताए । सो अवसरमा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ की सांसद जुलीकुमारी महतो, नेपाली कांग्रेसका नेताहरु आनन्द ढुङ्गाना, रामकृष्ण यादव, मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णा यादव लगायत अन्य पार्टीका नेताहरुको समेत सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News