अपडेट 
२०८० आश्विन ६, शनिबार १८:०५

जनता समाजवादी पार्टी, नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्ने बताएका छन् ।

प्रमुख बस्नेतले स्थानीय तहले विद्यालय शिक्षा सञ्चालन गर्दा थुप्रै विवादहरू आएका कारण यसलाई प्रदेश तहबाट सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

स्थानीय तहलाई विद्यालय शिक्षा सञ्चालनको जिम्मा दिँदा शिक्षाको अवस्था खस्किँदै गएको बताउँदै उनले प्रदेशलाई जिम्मेवार बनाउनका लागि पनि विद्यालयको सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिनुपर्ने बताए ।  जसपाले शिक्षा विधेयकबारे शुक्रबार विज्ञप्ति जारी गरी संघीयताको मूल्य मान्यता र सिद्धान्तको अनुकूल हुने गरी विधेयक सच्याउनु पर्ने धारणा राखेको छ ।

Comment


Related News

Latest News

Trending News