अपडेट 
२०८० आश्विन ११, बिहीबार १७:४४

नेकपा एमालेले मधेश प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २४ र २५ मा गर्ने भएको छ ।

एमाले मधेश प्रदेशले बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत मधेश प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजानिक गरेको छ । पत्रकार सम्मेलनमा एमालेका सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले विगतको छ वर्षको मुल्याङ्कन गर्दा एमालेको सरकार बिना मधेश प्रदेशको विकास र समृद्विको सम्भावना नरहेकाले यसै नाराका साथ २०८४ को चुनावमा पनि जाने बताए । एमालेले भने आफुहरुले सरकारको नेतृत्व पाउन नसक्दा मधेश जस्ताको त्यस्तै रहेको भट्टराईले दावी गरे ।

२४ गते महेन्द्र नारायण निधि मिथिला सांस्कृति केन्द्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीले समुदघाटन गर्ने अधिवेशनमा १ हजार प्रतिनिधीहरुको सहभागिता रहने भट्टराइले बताए ।

Comment


Related News

Latest News

Trending News