अपडेट 
२०८० आश्विन ११, बिहीबार १८:१९

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघियता विरोधीहरु आज भोली सामाजिक सदभाव बिगार्ने गतिविधिमा सक्रिय रहेको बताएका छन् ।

पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा सामाजिक सदभाव बिगार्ने गरी क्रियाकलाप हुनुको पछाडि संघियता नचाह्नेहरुको हात रहेको मुख्यमन्त्री यादवले बताएका छन् ।

बिहीबार इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मदिवसको अवसरमा मुस्लिम धर्माबलम्बीहरुद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले सामाजिक सदभाव विगार्ने संघियता बिरोधीहरुबाट सचेत हुनु आवश्यक रहेको बताए । आजको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिएर संघियता कायम रहेको कुरा प्रदेशवासीहरुलाई महसुस गराउन खोजेको उनले बताए ।

कार्यक्रममा नेकपा एमालेकी नेतृ जुली महतोले पैगम्बर मोहम्मदले जीवन पर्यन्त सामाजिक सदभाव तथा भाइचाराको सन्देश दिएकाले उनले दखाएको बाटो अनुसरण गर्न आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News