अपडेट 
२०८० आश्विन १२, शुक्रबार ०७:२१

खाद्य तथा पोषण सुधार आयोजना पिपराका कर्मचारी गणेश महतोको पुनर्वहाली र कार्यालयका पाँच कर्मचारीको सरुवाको माग गर्दै पिपरा कार्यालयमा तालाबन्दी गरिएको छ ।

कार्यालय प्रमुख कुशेश्वर झा लगायत पाँच जनाको सरुवाको माग गर्दै उनीहरुले बिहीबार पिपरामा नाराबाजी सहित तालाबन्दी गरेका छन् । कार्यालय प्रमुख झा, अधिकृत रितेश झा, कृषि टेक्निनिसियन विवेक आचार्य, पशु टेक्निसियन जागेश्वर महतो र पशु प्राविधिक वीरेन्द्र दासको सरुवाको माग गर्दै तालाबन्दी गरिएको छ । खाद्य तथा पोषण सुधार आयोजना कलस्टर इकाई जनकपुरधामबाट धनुषाका दुई र महोत्तरीका दुई गरी कुल चार वटा पालिकामा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

चार वटा पालिकामध्ये पिपरामा कार्यालय प्रमुख झा र अन्य कर्मचारीहरुको मिलेमतोमा व्यापक अनियमितता गरिएको भन्दै उनीहरु आन्दोलित भएका छन् । पीडित किसानहरु जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उनीहरु विरुद्ध निवेदन दिँदा प्रमुख जिल्ला अधिकारीले स्थानीय तहमै गएर छलफल गर्न भनेपछि बिहीबार छलफलका लागि बोलाइएको थियो । तर, छलफल सकारात्मक नभएपछि किसानहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । किसानहरुले आपूmहरुको समस्या समाधान नभएसम्म तालाबन्दी जारी राख्ने बताए ।

Comment


Related News

Latest News

Trending News